काठमाडौँ । मिस एन्ड मिसेस् रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवे सिजन फाइभको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।
राजधानीमा शनिबार आयोजित ट्यालेन्ट राउन्डमा १४ जना बालबालिका तथा १७ जना विवाहित तथा अविबाहित महिलाहरुले प्रस्तुति दिएका थिए ।
ट्यालेन्ट राउन्डमा जजका रूपमा गायक बिनय कार्की क्षेत्री, अभिनेत्री हट्टी नट्टी श्रेष्ठ, गायक रोशल बालुवा, गायिका रेनुका पाख्रिन र फेसन डिजाइनर समीक्षा लामिछाने रहेका थिए । सो अवसरमा प्रतियोगीहरूले नृत्य, गायन, अभिनय, लगायतका आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
मिस एन्ड मिसेस् रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रन वे सिजन फाइभको फिनाले आगामी २३ गते हेरिटेज प्यालेस भक्तपुरमा साँझ ४ बजेदेखि आयोजना हुँदै छ ।
यस प्रतियोगीताका २ बिजेताले नगदसहित इण्डोनेशियाको बालीमा नेपालको प्रतिनिधित्व गर्दै प्रस्तुति दिन जाने अवसर पाउने शाह स्टुडियो एन्ड कम्पनीका सिइओ मोनु शाहले जानकारी दिए ।








प्रतिक्रिया