Logo

Breaking News 1

महिला सशक्तीकरण र समान अवसर आजको प्रमुख आवश्यकता : भीष्मराज आङदेम्बे



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्र समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने बताएका छन् ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका आधारस्तम्भ भएको बताएका हुन् ।

संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन, समान अवसरको सुनिश्चितता तथा महिलाको आत्मनिर्भरता र सशक्तीकरण आजको प्रमुख आवश्यकता रहेको उनले बताए ।

उनले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको नेपाली दिदीबहिनी तथा आमाहरूमा शुभकामना दिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलन, महिला आन्दोलन, सामाजिक रूपान्तरण तथा राष्ट्र निर्माणका विभिन्न चरणमा मंगलादेवी सिंह, योगमाया न्यौपाने, दिब्या कोइराला, साधना प्रधान तथा सहाना प्रधान लगायतका महिला नेतृत्वहरूले पु¥याएको योगदान सदैव स्मरणीय रहेको उल्लेख गरे ।

उनले महिला अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  १० : ५० बजे