काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका तराई र पहाडी भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
विभागले राति सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।








प्रतिक्रिया