Logo

Breaking News 1

रामचन्द्र पौडेलद्वारा बकर इदको शुभकामना : राष्ट्रिय एकता र सद्भावमा जोड



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बकर इदले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

मुस्लिम समुदायको महान् पर्व बकर इद (ईद–उल) का अवसरमा शुभकामना दिँदै उनले विविध धर्म, संस्कृति र परम्पराले सम्पन्न नेपालमा यस्ता पर्वहरूले राष्ट्रिय एकता र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताए ।

राष्ट्रपति पौडेलले मुस्लिम समुदायले यस पर्वमा रिस, राग र द्वेषलाई बिर्सेर एकअर्कामा खुसी तथा शुभकामना आदानप्रदान गर्ने परम्परा नेपाली समाजका लागि प्रेरणादायी रहेको बताए ।

उनले खुलास्थल, इदगाह तथा मस्जिदमा नमाज अदा गरी हर्षोल्लासका साथ पर्व मनाइने परम्पराले सामाजिक एकतालाई अझ प्रगाढ बनाउने धारणा व्यक्त गरे ।

उनले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीबीच पनि धार्मिक तथा सांस्कृतिक विविधताका आधारमा आपसी सम्मान र भाइचाराको भावना बलियो बन्ने अपेक्षा समेत गरे ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ७ : १३ बजे