Logo

मुख्य समाचार

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु



सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित सित्खा पुल नजिकै सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो ।

बालकहरू नदीमा बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी रातामाटा तथा खुर्कोटस्थित सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली र स्थानीयवासीले संयुक्त रूपमा खोजतलास गरेका थिए।

खोजीका क्रममा सुनकोसी नदीबाट दुवै बालकको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक दुवै बालक प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा अध्ययनरत रहेका थिए ।

आज अत्यधिक गर्मी भएको तथा विद्यालय पनि बिदा रहेका कारण उनीहरू पौडी खेल्न नदीमा गएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ६ : १० बजे