Logo

Breaking News 1

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली फिल्म पहिलो पटक विश्वप्रसिद्ध कान्स फिल्म फेष्टीबलमा छनोट हुनु देशकै लागि गर्वको विषय भएको बताएकी छन् ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले इतिहासमै पहिलो पटक नेपाली फिचर फिल्म कान्स फिल्म फेस्टिभलमा छनोट हुनु नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएकी हुन् । उक्त फिल्मको वल्र्ड प्रिमियर कार्यक्रममा आफू पनि सहभागी भएको उनले बताइन् ।

उनले भनिन्, ‘नेपालीहरुको लागि एक दमै महत्त्व पुर्न कुरा कान्स फिल्म फेस्टिभल पनि रहेको थियो । इतिहासमा नै पहिलो पटक कान्स फिल्म फेस्टिभलमा नेपाली फिचर छानिएको थियो । यो एउटा गर्व गर्ने क्षेन रहेको थियो ।’

कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले क्रियटिभ सेक्टरलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि पारित गरिसके पनि जानकारी दिइन् ।

‘महानगरपालिकाले क्रियटिभ सेक्टरलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि पास गरेका छौँ । धेरै सिटीको लागि नयाँ थियो । त्यो पोलिसि बनाएर नै क्रियटिभ सेक्टरलाई निरन्तरता दिन कार्यविधि चाहिन्छ, कानुन चाहिन्छ, नीति चाहिन्छ । जसले गर्दा यो काम गर्न सजिलो होस् भनेर कुरा राख्यै । धेरै सहरहरुको लागि यो कुरा नयाँ थियो ।’

उनले काठमाडौं फिल्म फेस्टिभल पहिलो चोटि सिटिले होस्ट गदै छ भन्ने जानकारी दिएको बताइन् । उनले भनिन्, ‘काठमाडौं फिल्म फेस्टिभल पहिलो चोटि सिटिले होस्ट गदै छ भनेर जानकारी गराउने काम पनि भयो । त्यसले गर्दा सबै जना खुसी भएका छन् ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  १० : ११ बजे