Logo

Breaking News 1

एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना




काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भूभागमा तातो दिन हुने सम्भावना रहेको बताएको छ ।

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ६ : १९ बजे