काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद नरेन्द्र कुमार गुप्ताले तराई–मधेस क्षेत्रमा सहज यातायात पहुँच विस्तारका लागि कोस्टल हाइवे निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले झापाको केचनादेखि कञ्चनपुरको दोधारा–चाँदनीसम्म जोड्ने प्रस्तावित कोस्टल हाइवे राष्ट्रिय आयोजना भएपनि सरकारले आवश्यक बजेट प्राथमिकता नदिएको गुनासो गरे ।
उनले भने, ‘राणाकालिन समयदेखि तराइ–मधेसको सहज यातायात पहुँच बिस्तार गनुपर्ने लक्ष्य अनुरूप भेलाका राजमार्ग कोस्टल हाइवे झापाको केचनादेखि पश्चिममा कन्चनपुरको दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने गर्दछ । तर यो राजमार्ग नेपाल सरकारको कहिले पनि बजेट प्रथमिकतामा परेको देखिदैन् ।’
उनले यो नेपालको भूभाग हुँदाहुँदै पनि तराई–मधेसका नागरिकले आवागमनमा ठूलो समस्या भोगिरहेका बताए ।
सांसद गुप्ताले तराई–मधेस क्षेत्रलाई जोड्ने उक्त मार्गलाई ‘तराई–मधेस राष्ट्रिय लेकमार्ग’ को रूपमा विकास गरी चार लेनको सडक निर्माण गर्नुपर्ने बताए ।
उनले उक्त सडकलाई प्रमुख व्यापारिक सडकसँग जोड्न सके आर्थिक गतिविधिलाई ठूलो टेवा पुग्ने दाबी गरे ।








प्रतिक्रिया