काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ ।
एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो । बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुन सक्ने जनाइएकाे छ ।
सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने जनाइएकाे छ ।








प्रतिक्रिया