मेष
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
वृष
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले काम पूरा गर्न समस्या पर्नेछ। नियमित काम बीचमा रोक्नुपर्ने स्थिति आउन सक्छ। आफन्त र परिवारबाट टाढा भइनेछ।
मिथुन
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।
कर्कट
विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद(प्रतिष्ठा प्राप्त गर्ने बेला छ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्।
सिंह
आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ।
कन्या
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनुपर्ला।
तुला
समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।
बृश्चिक
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
धनु
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला। निर्णय लिन अलमल गर्दा काममा पछि परिनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउनेछ।
मकर
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला।
कुम्भ
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।
मीन
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ।








प्रतिक्रिया