Logo

समाचार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

उनीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीको सहयोगमा मंगलबार कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदन भण्डारी राजमार्गमा सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको हो।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ११ : २५ बजे