Logo

राजनीति

कांग्रेस सह–महामन्त्री भन्छन् : एमालेसँगको सहकार्य टुट्दैन


२५ बैशाख २०८३, शुक्रबार  

46
Shares

धनगढी । नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश रसाइलीले सुदूरपश्चिम प्रदेशमा अहिलेकै सत्ता गठबन्धन कायम रहने बताएका छन् ।
शनिबारदेखि धनगढीमा हुने कांग्रेसको प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सह–महामन्त्री रसाइलीले तत्काल सरकार नढल्ने सत्ता गठबन्धनमा पनि कुनै हेरफेर नहुने स्पष्ट पारेका हुन् । रसाइलीले मुख्यमन्त्रीका बारेमा पार्टीमा कुनै छलफल समेत बताए । 
कांग्रेसले आयोजना गर्ने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन थापा, उप सभापति विश्वप्रकाश शर्मालगायतका नेता सहभागी हुनेछन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट फागुन २१ गते सम्पन्न निर्वाचनमा विजयी भएका तथा पराजित उम्मेद्वार, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहने रसाइलीले बताए ।
रसाइलीका अनुसार सोमबार प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्नेछ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ४ : ४२ बजे