काठमाडौं । सगरमाथा आधार शिविर नजिकै सेभेन समिटसँग आवद्ध गाइड लाक्पा डेन्डी शेर्पाको आइतबार निधन भएको छ ।
सोताङ गाउँपालिका–४ का ५२ वर्षीय शेर्पा आइतबार करिब १२ बजे आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
शेर्पा विगत लामो समयदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय रहँदै आएका थिए । सेभेन समिटमार्फत विभिन्न आरोहण अभियानमा संलग्न थिए ।
मृतक शेर्पाको शव हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२० बैशाख २०८३, आइतबार
184
Shares







प्रतिक्रिया