मेष
दिगो काम थाल्नाले आम्दानीका स्रोत बढ्नेछन्। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्।
वृष
रमाइलो पारिवारिक भेट र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा लगाव बढ्नुका साथै रचनात्मक कार्य सम्पादन गर्ने समय छ। सानो प्रयत्नले काम बन्नेछ र कीर्तिमानी कामको यश लिने अवर प्राप्त हुनेछ।
मिथुन
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। खर्च अभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कर्कट
नयाँ काम थाल्ने र गरेका कामबाट लाभ उठाउने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।
सिंह
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले नयाँ काम गर्ने माहोल बन्नेछ।
कन्या
केही समय अरूका काममा खर्चनुपरे पनि साथीभाइ र शुभचिन्तकको सहयोग जुट्नेछ। आजको मिहिनेतले भविष्यमा लाभ दिलाउनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।
तुला
व्याहारिक समस्याले योजना रोकिन सक्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। काम रोकिने र बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।
बृश्चिक
साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
धनु
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मकर
सुरुमा अपेक्षित फाइदा उठाउन नसकिए पनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
कुम्भ
कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
मीन
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।








प्रतिक्रिया