Logo

समाचार

गृहमन्त्री गुरुङको लगानी सम्बन्ध सार्वजनिक भएपछि विवाद, सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगे



काठमाडौं — गृहमन्त्री सुधन गुरुङ र व्यवसायी दीपक भट्टबीच व्यापारिक सम्बन्ध रहेको तथ्य सार्वजनिक भएपछि राजनीतिक तरंग उत्पन्न भएको छ। भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको खुलासा भएसँगै उनी विवादमा तानिएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टसँग गृहमन्त्रीकै लगानी सम्बन्ध देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चासो र चर्चा बढेको छ।

यसै सन्दर्भमा गृहमन्त्री गुरुङ आइतबार बेलुका पार्टी सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका थिए। स्रोतका अनुसार, सचिवालय बैठकपछि करिब राति ८ बजे भएको भेटमा गुरुङले आफूमाथि उठेका प्रश्नबारे स्पष्टीकरण दिएका थिए। उनले उक्त लगानी आफ्नो निजी पूँजी भएको र कुनै अनियमितता नभएको दाबी गरेका छन्।

स्रोतले गृहमन्त्री गुरुङले सभापति लामिछानेलाई नियमित रूपमा मन्त्रालयका काम तथा अन्य विषयमा ब्रिफिङ गर्ने गरेको पनि जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १ : २३ बजे