Logo

Breaking News 1

प्रधानमन्त्रीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गरेका हुन् ।

उनले लेखेका छन्,‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्।। हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् । नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : ५८ बजे