बाजुरा । बाजुरामा बिहानै देखि वर्षा भइरहेको छ । बाजुराका ९ वटै स्थानीय तहमा हावाहुरीका साथै वर्षात भइरहेको छ । उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात समेत भइरहेको छ ।
बाजुराको बडी मालिका,गौमुल,बुढिनन्दा,हिमाली,त्रिवेणी नगरपालिकाका हिमाली क्षेत्रमा हिउँ परिरहेको छ । भने अन्य पालिकामा सामान्य देखि मध्यम वर्षात भइरहेको छ ।
मौसममा आएको बदलिँदा कारण वर्षा र हिमपात हुँदा अत्यधिक चिसो समेत बढेको छ । चिसोले स—साना बालबालिका देखि बृद्धबृद्धा बढी प्रभावित भएका छन् । त्यस्तै माध्यमिक शिक्षा परीक्षा एसइई दिने परिक्षार्थीलाई समेत चिसोले प्रभावित बनेका छन् ।
बाजुराका उच्च हिमाली क्षेत्रमा पटक पटक हिमपात भइरहेकोले जिल्लामा चिसो घट्न नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बाजुराको बडी मालिका,रानिशैन,बुढिनन्दा,त्रिवेणी,कालाजग्रा, पोरखेगढीमा वर्षा हुने वितिक्कै हिमपात हुने गरेको छ ।
लगातार वर्षा भएसँगै उच्च हिमाली तथा लेकाली क्षेत्र हिमपातले सेताम्य बनेका छन्।बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भइरहेको छ । भने अग्ला डाँडा पाखामा हिउँ समेत परिरहेको छ।बर्षातले सडक खण्ड हिलाम्मे हुनुका साथै इन्टरनेट र विद्युतीय सेवा समेत प्रभावित बनेको छ ।









प्रतिक्रिया