Logo

मुख्य समाचार

लागू औषध खैरो हेरोइनसहित तीनजना पक्राउ



काठमाडौं । प्रहरीले लागू औषध खैरो हेरोइनसहित तीनजना पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका-९ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने २० वर्षीया पुष्पा रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाउँ बैजनाथ टोलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र ओड र २६ वर्षीय डाइमण्ड शमसेर टमटा रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : ३४ बजे