बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिकामा कृषकलाई आधुनिक मिल वितरण गरिएको छ । रिरास परियोजना मार्फत उक्त मिल वितरण गरिएका हुन् । हिमाली गाउँपालिका वडा नं. ४,५,६ र ७ अगुवा कृषकहरूलाई विद्युतीय पल्टिक्रस प्रेसर, कम्बाइन राइस मिल र विद्युतीय घट्ट मेसिन कृषकलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
मिल वितरणले कृषकहरूलाई राहत मिल्ने रिरास परियोजना कृषि प्राविधिक खेम ओलीले बताए । कृषकलाई गाउँ घरमा घण्टौँ समय लागेर धान, गहुँ, मकै र कोदो पिस्न सजिलो हुने भएको हो ।
विगत लामो समयदेखि कुटानी पिसानी विभिन्न समस्या झेल्दै आइरहेका कृषकलाई आधुनिक मिल पाएपछि सहज हुने गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए ।
संस्थाले आधुनिक मिल दिएपछि गहुँ, कोदोको पिठो बनाउन गाउँबाट घण्टौँ पैदल यात्रा गरेर घट्ट पिस्न जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लगिएको उनले बताए । आधुनिक वितरण कार्यक्रममा हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डे वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप बुढथापा, हिमाली गाउँपालिका कृषि विकास शाखा विज्ञ लोकेश कुमार शाही सहित कृषकहरूको उपस्थितमा उक्त मिल वितरण गरिएको हो ।









प्रतिक्रिया