काठमाडौं । नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष बिपिन कोइरालाले वर्तमान सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णयको आलोचना गर्दै संगठन बन्द गर्नु नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित विद्यार्थी संगठन खारेज सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले विद्यार्थी संगठनहरू पार्टीको झोला जस्तो नभई एकेडेमिक करियरमा केन्द्रित हुनुपर्नेमा धारणा राखे ।
उनले भने,‘म विद्यार्थी संघको संस्थापक अध्यक्षको नाताले भन्छु । अहिले सजिलै विद्यार्थी संगठन खारेज गर्छु भनेको छन् नि । कानुनले नमाने बेग्लै हो । अरु विद्यार्थीको पनि म जान्दिन । तर नेपाल विद्यार्थी संघको हकमा सर्वोच्चको फैसलामा नै भएको संस्था हो । तर यो संगठनहरु पार्टीको झोलेभन्दा बढि एकेडेमिक करियर मा विद्यार्थी पुस्ताले ध्यान दिनुपर्छ । अलिकति छाडा चाँही भएको छ । कानुनी र अन्तराष्ट्रिय मानव अधिकारको कुराले पनि प्रतिबन्ध नै लगाएर ,पेलेरै जान चाँही गाह्यो होला कि मर्यादीत बनाउनु ठिक हो ।तर बन्द नै गर्नुहुन्न भन्न चाहान्छु । कांग्रेस कम्युनिष्ट कम विद्यार्थी ज्यादा हुनेगरी चलोस् भन्ने म चाहन्छु ।’
उनले वर्तमान राजनीतिक परिवर्तनको सकारात्मक पक्ष भए पनि विगतका जनआन्दोलन र अस्थिरताका कारण जनताले अनुभव गरेको पीडा स्मरण गर्दै, नयाँ पुस्ताले संगठन र व्यवस्थालाई उचित ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
पहिलेको परिवर्तनको सकारात्मक पक्ष भनेको पुराना दलका नेताहरुले गरेको पापको घडा भरिएको बताए ।
‘यो यदी कानुनी शासन हो भने अहिलेको यो वर्तमान सरकारले बढो दुखकासाथ मैले भन्नुपर्छ । हामी नेपालीहरु सात सालेदेखि नै नियन्त्रित अस्थिरता भोगिरहेका छौं । परिवर्तन पनि भएका छन् ,तर त्यसले नकारात्मक प्रभाव पनि ल्याएको छ । अहिलेको परिवर्तन सकारात्म पनि छ । तर माओवादी जनआन्दोलनमा क्षति नभएको क्षति भएको छ । सकारात्मक यो हो कि पापको घडा भरिएको छ । उहाँहरु यसरी टास्सिनुभयो कि पुस्तान्तरण पनि छैन्,’उनले भने । ६३ साल पछिको कांग्रेस नक्कली कांग्रेस रहेको उनको आरोप छ ।









प्रतिक्रिया