काठमाडौं। शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाल पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनलाई शनिबार भैरहवाबाट नियन्त्रणमा लिइएको हो।
यसअघि उनका बुबा तथा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार नै पक्राउ गरेको थियो।
सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले शुलभ अग्रवाल हाल विभागमा उपस्थित रहेको जानकारी दिएका छन्। सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भने, “अहिले उहाँ सम्पत्ति शुद्धीकरण विभागमा हुनुहुन्छ।”
प्रहरीले दुवै जनामाथि अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउको कारण र थप विवरणबारे आधिकारिक जानकारी आउन बाँकी छ।









प्रतिक्रिया