Logo

Breaking News 1

आज विश्व अटिजम दिवस



काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि प्रत्येक वर्ष अप्रिल २ तारेखमा अटिजम सचेतना दिवस मनाउन थालेको हो ।

अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड यो दिवस मनाउन थालेको हो ।

अटिजम भएका बालबालीकाको बोल्ने र सोच्ने शैली फरक हुन्छ । पछिले समय नेपालमा अटिजम भएका बालबालिकाहरूको संख्या बढ्दै जान थालेको छ ।

राष्ट्रसंघले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका निम्ति यस वर्ष यो दिवस मनाउन सदस्य राष्ट्रसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ९ : २७ बजे