Logo

मुख्य समाचार

सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी



काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

आज बिहान बुढानिलकण्ठस्थित ठाकुरको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको छ ।

पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १२ : २५ बजे