Logo

Breaking News 1

रोशी खोलाको बाढीले बगाएर बिपी मार्गमा काम गर्ने एक मजदुरको मृत्यु, ७ जनाको उद्धार



रामेछाप । रोशी खोलामा गए राति आएको बाढीका कारण बिपी राजमार्गमा काम गर्दै आएका एक श्रमिकको मृत्यु भएको छ भने ७ जनाको सकुशल उद्धार गरिएको छ ।

काभ्रेको रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी राजमार्ग क्षेत्रमा सडक निर्माणसम्बन्धी काममा संलग्न थिइन् ।

यसैबिच, रोशी खोलाको बाढीमा फसेका ७ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले स्काइभेटरको सहयोगमा गए राति उद्धार गरेको छ ।

अविरल वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रे प्रहरीले दिएको जानकारीअनुसार रोशी गाउँपालिका–७ घुमाउने डाँडा, वडा नम्बर ९ विरुवाडाँडा, वडा नम्बर ११ काल ढुङ्गा तथा नमो बुद्ध नगरपालिका–६ चोक डाँडामा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

प्रहरीले सम्बन्धित निकायमार्फत सडक खुलाउने काम भइरहेको जनाउँदै यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ४३ बजे