Logo

Breaking News 1

आजको मौसम : पहाडी र हिमाली भू-भागका केही स्थानमा वषाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी र हिमाली भू-भागमा आँशिक बादल लागेको छ र तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशको हिमाली भुभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भूभागमा आँशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ६ : ४७ बजे