काठमाडौं । नेपाली राजनीतिको शिखर पुरुष तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
समितिले जारी गरेको सन्देशमा कोइरालाको योगदान स्मरण गर्दै उनले लोकतन्त्र स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि खेलेको भूमिका सधैं प्रेरणादायी रहने उल्लेख गरिएको छ । कठिन परिस्थितिमा पनि नडगमगाई अघि बढ्ने उनको दृढता र नेतृत्व शैली अनुकरणीय रहेको जनाइएको छ ।
स्वर्गीय कोइराला लोकतन्त्रका अथक योद्धा रहेको उल्लेख गर्दै विशेषगरी २०६२÷०६३ को जनआन्दोलनमा उनको नेतृत्वले निरंकुश शासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्रतर्फ अग्रसर गराएको ऐतिहासिक योगदान स्मरण गरिएको छ ।
देशलाई शान्ति र स्थायित्वको मार्गमा डो¥याउन उनले खेलेको भूमिकालाई उच्च सम्मानका साथ स्मरण गर्दै वर्तमान लोकतान्त्रिक व्यवस्थामा उनको योगदान अविस्मरणीय रहेको उल्लेख गरिएको छ ।










प्रतिक्रिया