काठमाडौं । आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा तेल लगाउने दिन रहेकाे छ । परम्परागत मान्यता बोकेको उक्त दिन आज परेको छ ।
तितो अमृतका रूपमा लिने गरिएको नीमको पातलाई प्रत्येक वर्ष नयाँ साल सुरु हुनुअघि खाने चलन छ । आगामी मिठासको पर्खाइका लागि विगतका तितोपनालाई नीमको पातसँगै चपाउने गरिन्छ भन्ने मान्यता छ ।
नीमको पातलाई नैरोग्यको प्रतिकका रूपमा पनि लिने गरिन्छ । नीम प्राचिनकालदेखि नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आएको वनस्पति हो ।
यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी भाग स्वास्थ्यकर हुने प्रमाणित मान्यता छ । नीमको पात खानाले पेटका रोग हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत तथा मुलायम हुने विश्वास छ ।
५ चैत्र २०८२, बिहिबार
46
Shares









प्रतिक्रिया