Logo

Breaking News 1

म्याग्दीबाट महाविर पुन विजयी, बिजय जुलुस,भोज भतेर नगर्न आग्रह


२३ फाल्गुन २०८२, शनिबार  

23
Shares

काठमाडौं । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएका हुन् ।

प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत ,नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छन् ।

पुनले सामाजिक सञ्जालमार्फत जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धिहरुलाई उडाउन नहुने भन्दै बेनीमा बिजय जुलुस निकाल्न कोहि पनि पैसा र समय खर्च गरेर नआउन आग्रह गरेका छन् ।

नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुराहरु आफूलाई मन नपर्ने भन्दै आफ्नो जीतमा खुसीयाली मनाउन चाहनेले आफ्नो गाउँघरमा नै मनाउन उनले भनेका छन् ।

उनले लेखेका छन्, ‘जीत पक्का भयो। त्यसैले फेरि पनि भन्छु– बेनीमा बिजय जुलुस निकाल्न कोहि पनि पैसा र समय खर्च गरेर नआउनु होला । किन भने बिजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धिहरुलाई उडाउन हुन्न । आउँदो दिनहरुमा विपक्षीहरु संग नै मिलेर म्याग्दीको विकासको लागि काम गर्नुपर्छ । अनि नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुराहरु मलाई पटक्कै मन पर्दैन। मेरो जीतमा खुसीयाली मनाउन चाहनु हुन्छ भने आफ्नो गाउँघरमा नै मनाउनु होला।’

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : ०० बजे