काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ २९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ११ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा निर्धारण गरेको छ ।
यस्तै, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३९ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४ रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैया ९० पैसा र बिक्रीदर १५ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७० पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ ९२ पैसा र विक्रिदर ३८१ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।










प्रतिक्रिया