Logo

Breaking News 1

रास्वपाका गणेश पौडेलको उत्साहजनक अग्रता, दोस्रो स्थानमा भट्टराई


२२ फाल्गुन २०८२, शुक्रबार  

46
Shares

रौतहट । रौतहट क्षेत्र नम्बर ४ अन्तर्गत गढीमाई नगरपालिका–९ को इनरवाटोलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले स्पष्ट अग्रता लिएका छन् । ७७८ मत गणना हुँदासम्म पौडेलले भारी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका हुन् ।

भर्खरै प्राप्त मत परिणामअनुसार पौडेलले ४४३ मत प्राप्त गरेका छन् उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले १५२ मत प्राप्त गरेका छन्। रास्वपाका पौडेल र भट्टराईबीचको मतान्तर २९१ रहेको छ ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना ९४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामजी साहले मात्र २१ मत प्राप्त गरेका छन् ।

मुख्य प्रतिस्पर्धी ठानिएका दलहरूलाई पछि पार्दै रास्वपाका युवा उम्मेदवार पौडेलले लिएको यो अग्रतालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । अहिले सो क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । दिपेश पौडेल, नेपाल न्यूज बैंक

मत परिणामको संक्षिप्त विवरण ९७७८ गणना हुँदा
गणेश पौडेल (रास्वपा): ४४३ मत (अग्रता)
रामकुमार भट्टराई (नेकपा):१५२ मत
देवप्रसाद तिमल्सिना (नेपाली कांग्रेस): ९४ मत
रामजी साह (नेकपा एमाले):२१ मत

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ३० बजे