रामेछाप । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सबै मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले मतदान स्थलको तयारी गरेका छन् ।
जिल्लाका ९६ मतदान स्थलअन्तर्गत २ सय ३० मतदान केन्द्रमा मतदानको लागि बुथहरू तयार भएका छन् । यस पटकको निर्वाचनका लागि जम्मा १ हजार ३ सय ७४ कर्मचारी परिचालन गरिएका छन् । तीमध्ये ३७ जना मतदान अधिकृतसहित ४ सय ४९ जना महिला कर्मचारी रहेका छन् ।
जिल्लाका ४१ मतदान स्थललाई अति संवेदनशील, ३५ लाई संवेदनशील र २० मतदान स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।
ती मतदान स्थलहरूको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई आवश्यकताअनुसार परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।










प्रतिक्रिया