काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग सहित बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
यस्तै आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग सहित गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया