Logo

Breaking News 1

गोरखामा डा बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने


१६ फाल्गुन २०८२, शनिबार  

184
Shares

काठमाडौं । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

प्रलोपाले यहि फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो ।

समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

दुई पार्टीबीच मिलेर जाने समझदारी अनुसार प्रलोपाले प्रतक्ष्यतर्फ कांग्रेसलाई सहयोग गर्ने निर्णयमा पुगेको अध्यक्ष खत्रीले बताए । प्रलोपाको हालै सम्पन्न बैठकले गोरखाका दुबै क्षेत्रमा कांग्रेसलाई सहयोग निर्णय गरेसँगै कांग्रेसले उक्त निर्णयको स्वागत गर्दै आभार प्रकट गरेको छ ।

यसअघि विस २०७४ को चुनावमा डा. भट्टराईले कांग्रेससँग चुनावी तालमेल गरी गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । प्रलोपाले गोरखाको दुईवटै क्षेत्रमा आफ्नो उम्मेदवारी दिएर फिर्ता गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ५ : १९ बजे