काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश जोगाउने, मुलुक जोगाउने, धर्म जोगाउने र संस्कृति जोगाउने पत्रकारिता देशमा चाहिएको बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सबैजना मिलेर देश जोगाउन नलागे डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्ने बताए ।
उनले भने, ‘हामीलाई देश वा मुलुक जोगाउने, धर्म, संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ । अब हामी सबैजना मिलेर देश जोगाउन लागेनौं भने डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्छ ।’
यसैगरी उनले अहिले विधिवत रुपमा सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको बताए । उनले आज नेपालका ९० प्रतिशत जनतालाई निर्वाचन नचाहिएको बताए । बच्चा मार्नलाई प्रहरीलाई आदेश दिने रमेश लेखक र केपी ओली जति दोषि छन् त्यो बन्द कोठाभित्र बसेर सबै योजना गर्नेहरु पनि त्यति नै दोषि भएको उनको भनाई छ ।
उनले भने, ‘यदी यसपल्टको चुनाव भयो भने जेनजीको माग के थियो सिंहदरवारमा आगो लाग्यो, सर्वोच्चमा आगोे लाग्यो, खै त भ्रष्टाचारीलाई कारवाही भएको ? आज नेपालका ९० प्रतिशत जनतालाई निर्वाचन चाहिएको छैन । तर अहिले विधिवत रुपमा सत्ता कब्जा गर्नेहरुलाई मात्रै हो, निर्वाचन अनिवार्य चाहिएको । बच्चा मार्नलाई प्रहरीलाई आदेश दिने रमेश लेखक र केपी ओली जति दोषि छन् त्यो बन्द कोठाभित्र बसेर यो सबै योजना गर्नेहरु पनि त्यति नै दोषि होलान नि त । त्यसैले दुईवटैलाई कारवाही गर्नुपर्छ । काठमाडौंका मेयर, सोविता गौतम लगायतका अझैं कर्तूतहरुको भिडियो म सार्वजनिक गर्छु । चुनाव हुनुभन्दा केही दिन अगाडि ।’
२९ माघ २०८२, बिहिबार
115
Shares









प्रतिक्रिया