Logo

शिक्षा

प्रधानमन्त्री कार्की : विश्वविद्यालयमा ‘प्रधानमन्त्री कुलपति’ व्यवस्था हटाउन पहल



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमध्ये प्रधानमन्त्रीलाई कुलपति बनाउने व्यवस्था हटाउन सरकार सक्रिय रहेको बताएकी छन्। बुधबार (मंसिर २४) काभ्रेको धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्वोधन गर्दै उनले शैक्षिक संस्थामा हुने राजनीतिकरण रोक्न ऐन परिमार्जनको तयारी तीव्र भएको जानकारी दिइन्।

उनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको नेतृत्वमा सरोकारवालासँग गम्भीर परामर्श चलिरहेको छ, जसका आधारमा प्रधानमन्त्रीलाई कुलपति नराख्ने व्यवस्था ऐनमार्फत संशोधन गरिनेछ। कार्की हाल काठमाडौं विश्वविद्यालयकी कुलपति समेत हुन्।

उच्च शिक्षामा रहेको राजनीतिक हस्तक्षेप अन्त्य गर्न यस्तो परिवर्तन आवश्यक रहेको बताउँदै उनले काठमाडौं विश्वविद्यालयले गरेको सुधारात्मक अभ्यास अन्य विश्वविद्यालयका लागि अनुकरणीय हुने टिप्पणी गरिन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : ०० बजे