काठमाडौं । माइक्रोसफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड पूर्वाधार विस्तारका लागि विश्वभर करिब २३ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। कम्पनीका सीईओ सत्या नडेलाका अनुसार सो लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा भारतले प्राप्त गर्नेछ। नडेलाले भारतमा मात्र १७.५ अर्ब डलर विनियोजन गरिने जानकारी दिए। उनका अनुसार उक्त रकमले भारतमा ठूलो एआई तथा क्लाउड पूर्वाधार निर्माण गर्न सहयोग गर्नेछ।
यो लगानी माइक्रोसफ्टले पहिले सार्वजनिक गरेको तीन अर्ब डलरको योजनाभन्दा अलग भएको बताइएको छ। नयाँ योजनाअन्तर्गत पहिलो डाटा सेन्टर सन् २०२६ को मध्यतिर सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
एआई सेवाप्रति विश्वभर बढ्दो माग र प्रतिस्पर्धी गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटलाई चुनौती दिँदै माइक्रोसफ्टले आफ्नो क्लाउड क्षमता तीव्र रूपमा विस्तार गरिरहेको छ। यसै क्रममा कम्पनीले क्यानडामा पनि अर्को दुई वर्षभित्र ७.५ अर्ब क्यानेडियन डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ।










प्रतिक्रिया