काठमाडौं — माध्यमिक तह (मावि) का करार रसायन विज्ञान शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद सहित दुई जनाविरुद्ध विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार करार शिक्षकका लागि दरखास्त दिएका सेवाग्राहीलाई प्रश्नपत्र उपलब्ध गराइदिने र करारमा नियुक्ति मिलाइदिने आश्वासन दिँदै उनीहरूले ४ लाख ५० हजार रुपैयाँ घुस मागी लिएको आरोप छ।
आयोगले संलग्नताका थप प्रमाणसहित दुबैजनामाथि भ्रष्टाचार निवारण ऐन अनुसार कानुनी कारबाहीको मागसहित मुद्दा दायर गरेको जनाएको छ।










प्रतिक्रिया