Logo

मुख्य समाचार

क्यानडामा भारतीय युवतीको हत्या, संदिग्धविरुद्ध पक्राउ पुर्जी जारी


११ कार्तिक २०८२, मंगलबार  

46
Shares

ओन्टारियो, क्यानडा – क्यानडामा २७ वर्षीया भारतीय युवती अमनप्रीत कौरको हत्या भएको छ। नियाग्रा क्षेत्रीय प्रहरी सेवाले अक्टोबर २१ मा लिंकन सहरको चार्ल्स डेली पार्कमा पञ्जाबको संगरुर निवासी अमनप्रीतको शव फेला पारेको थियो।

प्रहरीका अनुसार मृतकको शरीरमा गम्भीर चोटपटक रहेका थिए। अनुसन्धानमा प्रहरीले उत्तरी योर्क निवासी मनप्रीत सिंहलाई हत्या सम्बन्धी आरोपमा संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी गरेको छ।

हाल मनप्रीत सिंह क्यानडाबाट फरार रहेका छन्। मृतक परिवारका अनुसार अमनप्रीत क्यानडामा २०२१ देखि बस्दै आएकी थिइन् र अस्पतालमा काम गर्दै जीवनयापन गरिरहेकी थिइन्।

क्यानडेली प्रहरीले घटनाको थप विवरण सार्वजनिक गर्ने तयारीमा रहेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : ३२ बजे