Logo

मुख्य समाचार

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा


१० कार्तिक २०८२, सोमबार  

46
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् ।

सोमबार छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए ।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ६ : २५ बजे