Logo

Breaking News 1

डोनेट्स्क र जापोरिज्झियामा दुई बस्ती कब्जा गरेको रुसको दाबी, ऊर्जा संरचनामाथि युक्रेनको प्रहार



काठमाडौं । रुसले पछिल्ला २४ घण्टाभित्र डोनेट्स्क र जापोरिज्झिया क्षेत्रमा अवस्थित दुई बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ । सोही क्रममा युक्रेनले भने रुसका महत्वपूर्ण ऊर्जा संरचनामाथि सटीक आक्रमण गरेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार सो अवधिमा रुसका हवाई प्रतिरक्षा प्रणालीले तीनवटा अमेरिकी निर्माणित रकेट, दुईवटा मार्गनिर्देशित हवाई बम तथा ३२३ वटा ड्रोन खसाल्न सफल भएको जनाएको छ ।

मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनको यातायात संरचना र लामो दूरीका ड्रोन निर्माण तथा असेंबलीका लागि प्रयोग हुने पूर्वाधारमा पनि आक्रमण गरेको दाबी गरेको छ । मोस्कोले ती संरचना युक्रेनी सैन्य कारबाहीलाई सहयोग पु¥याउने भन्दै निशाना बनाएको हो ।

उता, युक्रेनको सशस्त्र बलको जेनरल स्टाफले भने आफ्ना फौजले रुसका महत्वपूर्ण लक्ष्यहरूमा सटीक प्रहार गरेको जनाएको छ । युक्रेनी सेनाका अनुसार समारा ओब्लास्टस्थित नोभोकोइबिसेभ्स्क तेल शोधनालय, ओरेनबर्ग ओब्लास्टको ग्यास प्रशोधन संयन्त्र, र रुसी नियन्त्रणमा रहेको दक्षिण–पूर्वी बन्दरगाह सहर बेद्र्यान्स्कमा रहेको इन्धन तथा लुब्रिकेन्ट गोदाममा आक्रमण गरिएको हो ।

युक्रेनी अधिकारीहरूका अनुसार यी कारबाहीहरू रुसको सैन्य आपूर्तिमा प्रयोग हुने स्रोतहरूलाई अवरुद्ध गर्ने र मोस्कोको सैन्य–औद्योगिक क्षमतालाई कमजोर पार्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानको हिस्सा हुन् । -सीसीटीभी

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ११ : ०५ बजे