भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते तय गरिएको परीक्षा तालिका जेन–जी आन्दोलनका कारण संशोधन गरी बोर्डले नयाँ मिति सार्वजनिक गरेको हो।
बोर्डका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। एक विषयमा मात्र पूरक परीक्षा दिने परीक्षार्थीले सोही दिन परीक्षा दिनेछन् भने दुई विषयमा परीक्षा दिने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्नेछ।
असोज ८ गते दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। बोर्डले परीक्षा केन्द्रहरू पहिल्यै निर्धारण गरिसकेको जनाएको छ।
प्रतिक्रिया