Logo

मुख्य समाचार

आन्लोलनमा ज्यान गएको घटनाप्रति ट्रेड युनियनहरु चिन्तित



काठमाडौं । भदौ  २३ र २४ गते भएको आन्दोलनमा सरकारी पक्षबाट असावधानी ढंगबाट भएको दमनबाट प्रदर्शनकारी र सुरक्षाकर्मीको ज्यान गएको घटनाप्रति विभिन्न ६ वटा ट्रेड युनियनहरुले दुःख व्यक्त गरेका छन् ।

आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै युनियनले उक्त घटनामा परि सहादत प्राप्त गर्नुहुने प्रदर्शनकारी र सुरक्षाकर्मीहरु प्रति भावपूर्ण श्रद्धान्जली शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना, र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना, गर्दै  मृतक परिवारजनमा उचित क्षतिपुर्तिको व्यवस्था र घाईतेहरुको निशुल्क र सिघ्र उपचारको माग गरेको छ ।

युनियनले शान्तीपूर्ण प्रदर्शनको क्रममा घटेको घटनाको न्यायीक छनवीन गरि सार्वजनिक तथा ब्यक्तीगत सम्पतीको तोडफोड, लुटपाट र आगजनी गर्ने दोषीहरु पत्ता लगाई कानुनी दायरामा ल्याउन समेत राष्ट्रियस्तरका ट्रेड युनियनहरु माग गर्दै निजामती क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरुको तर्फबाट ८ बुँदे माग गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ५३ बजे