Logo

मुख्य समाचार

रिपोर्टर्स क्लबमा सुदन गुरुङको पत्रकार सम्मेलन अव्यवस्थित



काठमाडौं । जेनजी समूहका अगुवा भएको दाबी गर्ने ‘हामी नेपाल’ संस्थाका सञ्चालक सुदन गुरुङको पत्रकार सम्मेलन आइतबार रिपोर्टर्स क्लबमा अव्यवस्थित बनेको छ।

राष्ट्रपति कार्यालयमा भएको वार्ताको विवरण प्रस्तुत गर्दै गुरुङले माग पूरा नभए सरकार ढाल्ने चेतावनी दिएका थिए। सो क्रममा पत्रकारहरूले प्रश्न सोध्दा उनले उत्तेजित हुँदै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि वातावरण तनावपूर्ण बनेको थियो।

पत्रकारहरू र गुरुङबीच वाकयुद्ध भएपछि सम्मेलन भाँडभैलोमा अन्त्य भएको हो।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ५ : २८ बजे