Logo

मुख्य समाचार

भारतीय नबोल्न संयोजक सुधन गुरूङको चेतावनी



काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुधन गुरूङले आफूलाई भारतीय भनी प्रचार नगर्न चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू जन्मजात नेपाली नागरिक भएको दाबी गर्दै विभिन्न मिडिया र व्यक्तिहरूले भारतीय भनी बदनाम नगर्न आग्रह गरे ।

गुरूङले भने, “म नेपालको छोरो हुँ, मलाई भारतीय भन्ने काम नगर्नुहोस् । कुनै मिडिया वा व्यक्तिले मेरो प्रतिष्ठामा प्रहार नगरोस् । म अहिलेसम्म एउटै देशको झण्डामुनि छु, त्यो मेरो देशको झण्डा हो ।”

उनका अनुसार जेन–जी आन्दोलन युवाहरूको आह्वानमा सुरु भएको हो र आफूले समेत त्यसलाई साथ दिएको बताए । संसद् विघटन गरिनुपर्छ भन्ने आफ्नो पहिलो माग पूरा भए पनि आन्दोलन अझै जारी रहेको उल्लेख गर्दै उनले मुल मागहरू अझै पूरा नभएको दाबी गरे ।

गुरूङले आन्दोलनमा युवाको ज्यान गएको भन्दै आफू उनीहरूको पक्षमा लडिरहेको बताए । उनले फेक समाचार र व्यक्तिगत बदनामबारे चेतावनी दिँदै आन्दोलन एक्लै भए पनि निरन्तर जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ५ : ०२ बजे