Logo

मुख्य समाचार

हेम–सरिता पाठक फाउन्डेसनद्वारा भ्रष्टाचारीमाथि कारबाहीको माग



काठमाडौं – हेम–सरिता पाठक फाउन्डेसनले हालैको राजनीतिक घटनाक्रम र ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनलाई समर्थन गर्दै भ्रष्टाचारमा संलग्न सबैमाथि छानबिन र कानुनी कारबाहीको माग गरेको छ।

फाउन्डेसनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भ्रष्टाचारविरुद्ध कडाइका साथ अघि बढ्न सरकारसँग आग्रह गरेको छ।

विज्ञप्तिमा वि.सं. २०४६ सालपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्न र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने माग गरिएको छ।

सन् २०११ देखि गीत, कविता, पत्रकारिता, शिक्षा र सचेतनामूलक कार्यक्रममार्फत भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएको फाउन्डेसनले हाल चर्चामा रहेका बिचौलिया, दलाल र अप्रत्याशित रूपमा धनी देखिएका व्यक्तिहरूको सम्पत्तिमाथि छानबिन गर्नुपर्नेमा जोड दिएको छ।

फाउन्डेसनले नेपाली जनताको आयलाई आधार मानी न्यूनतम आय भएका नागरिकलाई शिक्षा र स्वास्थ्य निःशुल्क उपलब्ध गराउनुपर्ने पनि उल्लेख गरेको छ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ४ : ३८ बजे