Logo

मुख्य समाचार

सरकारी भवनमा आगजनी गर्नेविरुद्ध कारबाही हुने : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र लुटपाट गर्नेहरुलाई कानुनी दायरामा ल्याइने बताएकी छन्।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले अति महत्वपूर्ण कार्यालयमा योजनाबद्ध ढंगले आगजनी भएको दाबी गरिन्। कार्कीले घटनामा अपराधीक गिरोह संलग्न रहेको प्रारम्भिक आकलन गरिएको बताउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाइन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : ११ बजे