Logo

मुख्य समाचार

प्रधानमन्त्री कार्कीलाई प्रहरी र सशस्त्रका आईजीपीले परिचय मात्र दिए



काठमाडौं – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशील कार्कीले आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छन्।

पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा सरकारका सचिवहरू, नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहित उच्च अधिकारीहरूको उपस्थिति थियो। सहभागीहरूले पालैपालो आफ्नो परिचय गराउँदै प्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूले भने नाम र पद मात्र उल्लेख गर्दै संक्षिप्त परिचय दिएका थिए। हालैको ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीमाथि भएको आक्रमण र मनोबलमा परेको असरका कारण सुरक्षा निकायहरू चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला उनीहरूको यस्तो व्यवहारले ध्यान खिचेको देखिएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ५२ बजे