Logo

प्रदेश

रौतहटमा निषेधाज्ञा र कफ्र्यु जारी, जनजीवन सामान्य 


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

रौतहट । रौतहट प्रशासनले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क ) बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिनोद कुमार खड्काले कफ्र्यू आदेश जारी गरेका हुन् ।

उनका अनुसार शुक्रबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा तथा साँझ ७ बजेदेखि भोलि(शनिबार) बिहान ६ बजेसम्म कफ्र्यु जारी गरिएको छ  ।

अत्यावश्यक आवतजावतका लागि शुक्रबार साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको उनले जानकारी दिए ।

निषेधाज्ञा र कफ्र्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न निषेध गरिएको छ ।

साथै पाँच जनाभन्दा बढी भेला हुन पनि नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

अहिले गौर, चन्द्रनिगाहपुर र गरुडा लगायतका स्थान अहिले पनि नेपाली सेना सहितको सुरक्षाकर्मीले बेला बेलामा गस्ती गरेका छन । जेन–जी आन्दोलनपछि  रौतहटमा स्थिति क्रमशः सामान्यतर्फ फर्किएको छ ।

भ्रष्टाचार अन्त्य र सुशासन कायमको माग राख्दै जेन–जी युवाहरूले सुरु गरेको आन्दोलन दुई दिन हिंसात्मक बनेको थियो । तर, तेस्रो दिनदेखि भने अवस्था शान्त हुँदै गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : २२ बजे