Logo

शिक्षा

केयूको पठनपाठन छठपछि मात्र सुरु हुने, होस्टल बस्नेहरूका लागि विशेष व्यवस्था



काभ्रेपलाञ्चोक — पछिल्लो राजनीतिक घटनाक्रमका कारण काठमाडौं विश्वविद्यालय (केयू) को सम्पूर्ण पठनपाठन छठ पर्वपछि मात्र सुरु हुने भएको छ। विश्वविद्यालय प्रशासनले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा देखिएको असहजतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो।

विश्वविद्यालयले पूर्व निर्धारित परीक्षा तथा अन्य कार्यक्रमसमेत पठनपाठन सुरु भएपछिमात्र सूचना प्रकाशित गरी सञ्चालन गर्ने बताएको छ। विभिन्न स्कुलबाट सञ्चालित परीक्षाहरूका हकमा भने सम्बन्धित स्कुलका डीन र परीक्षा नियन्त्रकको समन्वयमा निर्णय लिइनेछ।

विश्वविद्यालयको होस्टलमा बस्ने विद्यार्थीहरूका लागि काठमाडौंसम्म पुग्न २७ र २८ भदौ बिहान ६:३० बजे धुलिखेलको मेन गेटबाट बस सेवा उपलब्ध गराइनेछ। उपत्यका बाहिर जान चाहने विद्यार्थीहरूले विद्यार्थी कल्याण निर्देशनालयसँग सम्पर्क गर्न भनिएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ६ : ५० बजे