Logo

समाचार

काठमाडौंमा राष्ट्रपति, प्रधानसेनापति र पूर्वप्रधानन्यायाधीश कार्कीबीच वार्ता हुँदै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच आज काठमाडौंमा वार्ता हुने भएको छ।

नेपाली सेनाका उच्च स्रोतका अनुसार तीन पक्षबीच हुने वार्तामा कार्कीलाई ‘जेनजी’ समूहको प्रतिनिधिका रूपमा अघि सारिएको हो। यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित जेनजी समूहका सदस्यहरूले कार्कीलाई प्रतिनिधि बनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए।

स्रोतका अनुसार सहमति निर्माणका उद्देश्यले तीन पक्षबीच वार्ता तय गरिएको हो।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  २ : ४८ बजे